२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पूर्व राजा ज्ञानेन्द्र परिवारसहित धनगढी आउने

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०८:३१
पूर्व राजा ज्ञानेन्द्र परिवारसहित धनगढी आउने

 

कैलाली : पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको धनगढी आउने कार्यक्रम  स्थगित भएको बताइएको थियो।

शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ।

प्रतिक्रिया