२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

नागरिक उन्मुक्ति पार्टीद्वारा गरिने भनिएको ‘नेपाल बन्द’ स्थगित

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०५:३८
नागरिक उन्मुक्ति पार्टीद्वारा गरिने भनिएको ‘नेपाल बन्द’ स्थगित

 

बैतडी :  नागरिक उन्मुक्ति पार्टीले आजदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ ।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् ।

नाउपाले आजदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो ।

 

 

प्रतिक्रिया