२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेलौलीमा रुखबाट लडेर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार ०५, जेठ २०८० ०९:०८
मेलौलीमा रुखबाट लडेर एक महिलाको मृत्यु

 

बैतडी : बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ३ कुजागाडकी ३७ वर्षिया बिमला भाटको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार गत बैशाख २३ गते आफनै खरबारीमा स्याउला काट्न गएकी बिमला रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते बिमलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको थियो । गम्भीर घाइते बिमलाको उपचार सम्भव नभएको भन्दै डाक्टरहरुले अस्पतालबाट डिस्चार्ज गरेपछि घर ल्याउने क्रममा बिहिवार राती मृत्यु भएको बिमलाका देवर जय सिंह भाटले जानकारी दिए । बिमलाका घरमा श्रीमान, दुई छोरा र दुई छोरी रहेका बताइएको छ ।

प्रतिक्रिया