बैतडी : बैतडीमा टिप्पर दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ खर्काधारमा से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
टिप्पर दुर्घटनामा परेर सहचालक २४ वर्षिय अशोक बोहरा घाइते भएका उनले बताए । घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक जोशीले बताए ।
बिहीबार साँझ ५ बजे तिर सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर -हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको बताइएको छ । टिप्परमा चालक र सहचालक मात्रै सवार रहेका र चालक सकुशल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया