बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० मा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । प्रदेश सरकारको सहयोगमा वडाका सय जना किसानहरुलाई १÷१ ओटा खरिजातका बाख्रा वितरण गरिएको हो ।
किसानहरुलाई बाख्रापालन पेसा तिर आर्कषित गराएर आत्मनिर्भरको बाटोमा डो¥याउन वडामा प्रदेशको बजेटबाट सञ्चालित कार्यक्रम मार्फत किसानहरुलाई बाख्रा वितरण गरिएका वडा अध्यक्ष त्रिलोक सिंह विष्टले जानकारी दिए । गरिब विपन्न लगायत वडाका किसानहरुलाई बाख्रा वितरण गरिएको उनले बताए ।
यस्तै दुई ओटा समूहमा बोका पनि वितरण गरिएका छन् । दुई समूहलाइ दुई बोका वितरण गरिएका बताइएको छ । यस अघि पनि वडामा बाख्रा वितरण गरिएका थिए । अहिले छुटेका किसानहरुलाई समेटेर बाख्रा वितरण गरिएका वडा अध्यक्ष विष्टले बताए । बेरोजगारी बढेका बेला बाख्रा पालनले किसानहरुको आर्थिक उर्पाजनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया