डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् ।
अस्पतालका मेसु डा. चेतराज भट्टले ओझालाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयको पत्र अस्पताललाई प्राप्त भएको जानकारी दिए । उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ ।
यसअघि वैशाख १७ गतको मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख २६ गते अस्पतालको अध्यक्षमा सिंहलाई नियुक्त गरिएको थियो । बुधबार नै सिंहले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका थिए । तर ३ गतेको मन्त्रीस्तरीय निर्णयले उनको नियुत्तिलाई बदर गरेको हो । यस्तै अस्पताल विकास समितिको सदस्यमा देवकी भट्ट र जनकबहादुर मल्ल नियुक्त भएका छन् ।
प्रतिक्रिया