२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धसहित ४ वटा कसुरमा मुद्दा चलाउन राप्रपाको माग

SansherOnline SansherOnline
बुधबार ०३, जेठ २०८० ०९:४४
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धसहित ४ वटा कसुरमा मुद्दा चलाउन राप्रपाको माग

 

काठमाडौँ : राप्रपाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुर सहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ ।

जेठ १, २ र ३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्य शक्तिको दुरुपयोग केबल अङ्कको भ्रष्टाचार मात्र नभएको राप्रपाको जिकिर छ ।

राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारबाही चलाउन राप्रपा जोडदार माग गर्दछ ।’

प्रतिक्रिया