२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

रेशमलाई नछोडे नेपालमा आगो बाल्ने एलीजाको घोषणा

SansherOnline SansherOnline
बुधबार ०३, जेठ २०८० ०६:२२
रेशमलाई नछोडे नेपालमा आगो बाल्ने एलीजाको घोषणा

 

काठमाडौं: पत्रकार ऋषि धमलाकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले रेशम चौधरी नछुटे देशमा आगो लाग्ने बताएकी छन् । सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ, अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’ निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको भन्दै उनले भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’

सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त ?’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले । उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन ?’

सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगेका थिए ।

प्रतिक्रिया