२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मदन–आश्रित स्मृति दिवस बैतडीमा पनि मनाइयो

SansherOnline SansherOnline
बुधबार ०३, जेठ २०८० ०६:१५
मदन–आश्रित स्मृति दिवस बैतडीमा पनि मनाइयो

बैतडी : बैतडीमा पनि  मदन–आश्रित स्मृति दिवस मनाइएको छ । जिल्लामा  विभिन्न कार्याक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाइएको हो । नेकपा एकीकृत समाजबादी  बैतडीले ३० औँ मदन–आश्रित स्मृति दिवस मनाएको  जिल्ला कमिटि उपसचिव लक्ष्मी जोशिले बताए ।

एकीकृत समाजवादी बैतडीका जिल्ला अध्यक्ष  महादेव भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका स्थाईकमिटि  सदस्य उर्वादत्त पन्त रहनुभएको थियो।  कार्यक्रममा पार्टी जिल्ला कमिटि उपाध्यक्ष लालसिह कार्की,प्रदेश कमिटि सदस्य पार्वति भट्ट,राजेन्द्र चन्द लगायतका नेताहरूको उपस्थिति रहेको थियो।  

कार्यक्रमका अधिकास वक्ताहरूले तत्कालिन महासचिव मदन भण्डारीले देशैभर तितरबितर छरिएर रहेका कम्युनिष्ट शक्तिलाई वैचारिक, सैद्धान्तिक, संगाठानिक रुपमा एक ठाउँमा ल्याइ देशमा कम्युनिष्ट आन्दोलन वलियो बनाउन ठूलो योगदान गरेको बताए ।

मदनको मार्गमा हिँडे मात्रै  मुलुकको हित हुने  उनिहरुको भनाइ थियो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिनुहुन्छ । मदन–आश्रित स्मृति दिवस  एमाले र एमालेका भातृ संगठनहरुले पनि विभिन्न कार्यक्रम गरि मनाएका छन् । 

प्रतिक्रिया