२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वरमा ‘हेडसर’ले स्कुलको छतमै गहुँ चुटे

SansherOnline SansherOnline
मङ्गलबार ०२, जेठ २०८० ०७:०९
पञ्चेश्वरमा ‘हेडसर’ले स्कुलको छतमै गहुँ चुटे

 

बैतडी: बैतडीको एक विद्यालयका प्रधानाध्यापकले विद्यालयको छतमै गहुँ चुटेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ मा रहेको कल्याणपुर आधारभूत विद्यालयका प्रधानाध्यापक करवीर चन्दले नै छतमा गहुँ चुटेका हुन् ।

विद्यालय सञ्चालनमा रहेकै अवस्थामा प्रधानाध्यापकको पूरै परिवारले सोमवार दिनभर विद्यालयको छतमा गहुँ चुटेको बताइएको छ।

प्रधानाध्यापक चन्दले भने घरमा समस्या भएका कारण विद्यालय व्यवस्थापन समितिको अनुमति लिएर गहुँ चुटेको बताएका छन् ।

प्रतिक्रिया