२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार

SansherOnline SansherOnline
मङ्गलबार ०२, जेठ २०८० १२:०५
दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार

 

दार्चुला : दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ ।

उनीहरुको बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

गएको शनिवार बेलुका व्यास गाउँपालिकाको हुमदुम्तीमा यार्सा सङ्कलन गर्न गएका दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते हुनुभएको हो ।

 घटना पछि उद्धारका लागि सुर्खेतबाट हिजो गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण सदरमुकाम खलङ्गामै थन्किएको थियो । मौसम खुलेसँगै उनीहरुको बिहान उद्धार गरिएको हो । 

प्रतिक्रिया