बैतडी : दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरलालिका-८ को अनारखोलीमा बस दुर्घटना भएको छ। नेपालगन्ज मेडिकल कलेजको भे १क ३१८ नम्बरको बस सोमबार राती करिब १० बजेको समयमा अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो ।
१७ जना सवार रहेको र ६ जना घाइते भएको प्रहरीले बताएको छ ।पूर्ण विवरण आउन बाकी छ ।
मेडिकल कलेजको बस दार्चुलामा स्वास्थ्य शिविरको लागि आउदै गरेको बुझिएको छ । बस सडको भित्तामा ठोकिनगइ दुर्घटनामा परेको हो ।
प्रहरी र स्थानीयहरु उद्दारमा खटिएका छन ।
प्रतिक्रिया