डडेल्धुरा : डडेल्धुरा अस्पताल जोड्ने सडक निर्माणका लागि ठेक्का आह्वान भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत ठेक्का आह्वान भएको हो । कार्यालय प्रमुख नवराज रावलका अनुसार सडक निर्माणका लागि ठेक्का दिन ३० दिने सूचना जारी भएको छ ।
‘डेढ करोड लागत इस्टिमेट रहेकोमा ३० दिने सूचना जारी भइसकेको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा सामान्य कालोपत्रे गरेर सडक टिक्ने देखिएको छैन । त्यसैले आरसीसी सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।’
सुदूरपश्चिमको एक मात्र संघीय अस्पतालमा रहेको डडेल्धुरा अस्पताल जोड्ने सडक बर्सातमा हिलाम्य हुने गरेको छ ।
प्रतिक्रिया