बैतडी : बैतडीको मेलौली नगरपालिले कार्यपालिकाको निर्माणाधिन भवन समयमै सम्पन्न गर्न सकेको छैन् । एक वर्षमा सम्पन्न गर्नु पर्ने कार्यपपालिका भवन ४ वर्ष वितिसक्दा पनि सम्पन्न गर्न नसकेको हो । २०७७ मा सम्पन्न गर्ने गरि २०७६ फागुनमा सम्झौता गरिएको उक्त ८ कोठे भवन ४ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हो ।
कोेरोना भाईरस संक्रमणका तथा विभिन्न कारणबस भवन निर्माण कार्यमा ढिलाई भएको मेलौली नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत जगदिश प्रशाद जोशीले बताए ।
उनले भने, “कोरोना भाइरस संक्रमण कारण केही समय काम रोकियो, साथै निर्माण सामग्रिको गुणस्तरमा केही कमजोरी देखियो । गुणस्तको परिक्षण गरेर मात्रै काम अगाडी बढाउने भनेर पनि केही समय निर्माण कार्य रोकियो । अन्य प्राविधिक कारणले पनि निर्माण कार्यमा ढिलाई भएको हो ।’’
जनप्रतिनिधिको एक कार्यकाल वितिसक्दा पनि कार्यालयका भौतिक संरचनाका कामहरु समयमै सम्पन्न हुन नसक्दा जनताको सेवा प्रवाह कसरी गर्ने भनेर पनि प्रश्न उठ्ने गरेको छ ।
गुणस्तरको कमी र विभिन्न प्राविधिक कारणबस निर्माण कार्यमा समयमै सम्पन्न हुन नसकेको मेलौली नगरपालिकाका नगर प्रमुख भिमबहादुर चन्दले बताए ।
उनले भने, “यो कुरामा जनताले प्रश्न उठाउन स्वभाविक हो । विगतको सरकारले टेण्डर आह्वान गरे अनुसार ठेकेदार काम सुरु गर्यो, तर केही प्राविधिक कारणले र समयमै अनुगमन नहुनुका कारणले निर्माण कार्यमा ढिलाई भयो ।’’
२०७७ असार मसान्तमा निर्माण कार्य सक्ने गरि २०७६ फागुनमा ६६ लाख ८० हजार ६६६ मा हुनैनाथ निर्माण सेवासंग सम्झौता गरिएको थियो। सो निर्माण कार्यका लागि ३ पटक म्याद थप भइसकेको छ ।
तर भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेका हुनैनाथ निर्माण सेवाका सञ्चालक विनोद विष्टले बताए ।
उनले भने, “भवनको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । जेठ भित्रै सम्पुर्ण काम सम्मपन्न भइसक्छ ।’’
प्रतिक्रिया