पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४ रन बनाए । फिलिप साल्टले २१ रन जोडे । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।
राहुल चाहर र नाथन एलिसले समान २/२ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।
आईपीएल क्रिकेटमा सिंहको यो पहिलो शतक पनि हो । साम करनले २० रन जोडे । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए ।
जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ ।
हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।
प्रतिक्रिया