२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा बैंकमा कार्यरत कर्मचारी मृत फेला

SansherOnline SansherOnline
शनिबार ३०, बैशाख २०८० ०९:३३
बझाङमा बैंकमा कार्यरत कर्मचारी मृत फेला

 

बझाङ : बझाङमा बैंकमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । कन्चनपुरको दोधाराचाँदनी– ९ घर भएका दानबहादुर चन्द आफ्नो कोठामा मृत फेला परेका हुन् ।कृषि बिकास बैंक बझाङमा कार्यरत कर्मचारी चन्द शुक्रबार बिहान आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उनि बिहान कार्यालय नगएपछी कोठामा हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । चन्द लामो समय देखि प्रेसरका बिरामी रहेका र औषधि सेवन गरिरहेका खुलेको छ । चन्दको शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।

प्रतिक्रिया