बैतडी : बैतडी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको स्थापना दिवस बैतडीमा पनि मनाइएको छ । शनिबार बिभिद कार्यक्रमका साथ बैतडीमा पनि नेपाल शिक्षक संघको ३४ औँ स्थापना दिवस मनाइएको हो । अन्तरक्रिया कार्यक्रम तथा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
शाहिलेकमा जिल्ला अध्यक्ष गणेश सिंह भण्डारीको अध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा नेपाली कांग्रेस बैतडीका जिल्ला सभापती चतुर बहादुर चन्द प्रमुख अतिथि रहनु भएको थियो ।
जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक संघ बैतडीका कार्यसमिति सचिव नारायणदत्त जोशीले जानकारी दिए । ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित पेशाको पुर्वाधार’ भन्ने नाराकासाथ नेपाल शिक्षक संघको शनिबार देशैभर ३४ औँ स्थापना दिवस मनाइएको छ ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा जिल्ला अस्पताल बैतडीमा रहेका बिरामीहरुलाई फलफूल वितरण समेत गरिएको थियो ।
प्रतिक्रिया