२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट

SansherOnline SansherOnline
शनिबार ३०, बैशाख २०८० ०७:२५
बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट

 

बैतडी : बैतडीको सिगास गाउँपालिका–२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिका १ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीको रुपमा कार्यरत २८ वर्षीया सुसिला धामीमाथि कुटपिट भएको हो । 

शनिबार दिउँसो गाजरी बजारमै सुसिलामाथी कुटपिट भएको र कुटपिट गर्ने धामीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पाटन पठाएको गाजरी प्रहरीले जनाएको छ । 
केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । महिलाको अनुहार लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । 

प्रतिक्रिया