२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

प्रेस युनियन डडेल्धुराको अध्यक्षमा रावल, सचिवमा भण्डारी दोहोरिए

SansherOnline SansherOnline
शनिबार ३०, बैशाख २०८० ०७:०७
प्रेस युनियन डडेल्धुराको अध्यक्षमा रावल, सचिवमा भण्डारी दोहोरिए

 

डडेल्धुरा : नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अध्यक्षमा योगेन्द्रबहादुर रावल चयन भएका छन्। शनिबार जिल्ला सदरमुकाममा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

रावल यसअघि कार्यसमिति उपाध्यक्ष थिए। नयाँ कार्यसमितिको खुल्ला उपाध्यक्षमा रामबहादुर खत्री र समावेशी उपाध्यक्षमा भानबहादुर विक चयन भएको निर्वाचन संयोजक राम धामीले जानकारी दिए। सचिवमा पुनः पुष्करसिंह भण्डारी दोहोरिएका छन्। सह–सचिवमा पद्मा साउँद, कोषाध्यक्षमा पदमबहादुर जोरा सर्वसम्मत चयन भएका छन्।

कार्यसमितिको सदस्यमा गणेशबहादुर मगर, दीकपराज भट्टराई, दीपकराज भट्ट, आशिष मल्ल, श्रेया ऐरी, गोपाल राउटे, तर्कराज भट्ट, जुनु मगर, पवित्रा रोकामगर, चन्द्रिकाकुमारी भट्ट र रूपा दमाई चयन भएका छन्।

प्रेस युनियन नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन हो। अध्यक्ष रावलले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।

प्रतिक्रिया