२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

के आरजु भारत हुँदै सिंगापुर भागेकी हुन् ?

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ०९:४४
के आरजु भारत हुँदै सिंगापुर भागेकी हुन् ?

 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ। तर, देउवाको सचिवालयले भने आरजु काठमाडौंमै रहेको जनाएको छ।

सचिवालयका अनुसार आरजु हिजो गएकी थिइन्। हेटौंडामा उनले एउटा मार्टको उद्घाटन गरिन्। त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन्।

कार्यक्रममा सहभागितापछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए। ‘भाउजु हिजै हेटौंडाबाट गाडीमा फर्किनुभएको हो। अहिले काठमाडौंमा नै हुनुहुन्छ,’ उनले भने। एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ। तर, त्यो फेक भएको खुलेको हो। पछिल्लो समय नक्कली भुटानी सरणार्थी प्रकरणमा उनको नाम पनि जोडिएकोले उनीबारे विभिन्न प्रचार भैरहेका छन्।

प्रतिक्रिया