२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

मेयरलेनै गरे दलीय भागबण्डाको खुलासा, तीन दलका तीन ओभरसियर

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ०९:३०
मेयरलेनै गरे दलीय भागबण्डाको खुलासा, तीन दलका तीन ओभरसियर

 

बझाङ : जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले कर्मचारी नियुक्त गर्दा दलीय भागबण्डा गरेको खुलासा गरेका छन्। 

बुधबार विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउन नगरपालिका गएका नेकपा एमालेका नेताहरुसँग कुरा गर्दै नगरप्रमुख बजालले उक्त खुलासा गरेका हुन्। 

‘तपाईँहरुलाई पनि थाहाँ भएकै कुरा त हो। हामीले तीन दललाई भागबण्डा गरेका हौँ। एक जना तपाईँहरुको पार्टीको राख्यौ। दुई जना अन्य पार्टीका छन्। सरसल्लाह गर्दा विज्ञापन नगरे पनि हुन्छ भनेपछि भर्ना गरेका हौँ,’ नगर प्रमुख बजालले भने। परामर्श सेवा अन्तर्गत तीन जना ओभरसियर नियुक्त गरिएको नगरपालिकाले जनाएको छ।

प्रमुख बजालले नगरपालिकाले विज्ञापन बिनै कर्मचारी भर्ना गरेको खुलासाको भिडिओनै सार्बजनिक भएको छ। उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले गरी तीन दललाई भागबण्डा गरिएको छ।

प्रतिक्रिया