२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा जोशी हत्याका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ११:२६
बैतडीमा जोशी हत्याका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीका ३८ बर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ दोगडाकेदार ८ का मानबहादुर बिष्टलाई कारागार चलान गरिएको छ । 

प्रहरीले आफ्नो अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएका बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । हिजो (बैशाख २८ गते) जिल्ला अदालतका न्यायधिश जयानन्द पनेरुको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन् । सोही घटना पक्राउ परेकी धनमती भण्डारीलाई भने साधारण तारेखमा छोडिएको प्रहरी निरीक्षक जोशीले बताए । 

वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो । घटनाको भोलीपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

प्रतिक्रिया