२०८१ कार्तिक २५ गते आइतबार
ट्रेन्डिङ

राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ११:०५
राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारविरुद्ध शुक्रबार(आज) प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो । 

उहाँका अनुसार दिउँसो १ बजे राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका ठुला नेताहरू तानिइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउन लागेको हो ।

प्रतिक्रिया