२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा जेठ ७ गते सम्म मिटर ब्याज पीडितले निवेदन दिन पाउने

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ०८:०६
बैतडीमा जेठ ७ गते सम्म मिटर ब्याज पीडितले निवेदन दिन पाउने

 

बैतडी : मिटर ब्याज पीडितहरुले जेठ ७ गते सम्म निवेदन दिन पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पीडितहरुले जेठ ७ गते सम्म निवेदन सक्ने जनाएको छ।

यही वैशाख १७ गतेदेखि प्रशासन कार्यालयभित्रै सहायता कक्ष स्थापना गरी मिटर ब्याज पीडितहरुको उजुरी लिने काम भइरहेको बताइएको छ। यद्यपि अहिले सम्म प्रशासन कार्यालयमै उपस्थित भएर कसैले उजुरी नदिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए।

अनलाइनबाट उजुरी दिन सकिने भएकाले अनलाइनबाट दिएका उजुरीहरुको बारेमा अहिले थाहा नहुने उनले बताए। वैशाख १७ गतेदेखि जेठ १ गते सम्म उजुरी दिने म्याद रहेकोमा म्याद थपेर अब जेठ ७ गते सम्म उजुरी दिन सकिने सूचना अधिकारी बोहराले बताए।

आफूसंग भएका सबै सबुद प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर वा अनलाइनबाटै पनि उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया