२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

पाटनमा मेयर तथा उप-मेयरकप क्रिकेट प्रतियोगिता हुदै

SansherOnline SansherOnline
शुक्रबार २९, बैशाख २०८० ०५:३१
पाटनमा मेयर तथा उप-मेयरकप क्रिकेट प्रतियोगिता हुदै

बैतडी : बैतडीको पाटनमा मेयर तथा उप–मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाभित्र रहेका क्लब तथा समुहले जेठ ३ गतेभित्र टिमदर्ता गरीसक्नु पर्ने छ । 
पाटन क्रिकेट क्लबको आयोजना हुने प्रतियोगिता ४ गतेदेखि सुरु  गर्ने तयारी छ । यद्यपी प्रतियोगिताको र्पूर्ण मिति टुंगो लाग्न बाँकी छ । ३ गतेभित्र सम्बन्धीत वडाको सिफारिसमा क्लब दर्ता गरीसक्नु पर्ने छ । 
प्रतियोगिताका खेलहरु टी–२० फम्र्याटमा खेलाइने आयोजकले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको टुंगो लाग्न बाकी छ । टिम दर्ता सुल्क लोग्ने छैन । प्रतियोगितामा सहभागिता जनाउने टिम तथा क्लबले सम्बन्धीत वडाको सिफारिस भने आवस्यक पर्नेछ । 

‘आजै साँझ आवस्यक बैठक बसेर पुरस्कार राशीको टुंगो लगाउदैछौँ, टिमदर्ता जेठ ३ गतेसम्म गरीसक्नु पर्नेछ, प्रतियोगितको पूर्ण मिति पनि सम्भवतः शुक्रबार टुंगो लगाउदैछौँ,’ पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले भने । पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले विद्यालयसँग छलफल गरी प्रतियोगिताको मिति टुंगो लाग्ने चन्दले बताए । 

पाटन नगरपालिकाले चैत्र २८ गते नै सूचना प्रकाशित गर्दै आयोजना गर्न इच्छुक क्लबलाई आबेदन दिन भनेको थियो । त्यसपछि आवस्यक समन्वय गरी पाटन क्रिकेट क्लबले आयोजना गर्ने सहमती भएको थियो । 

नगरपालिकाले ढिलोगरी  प्रतियोगिता गर्न थालिएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया