२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा कमर्स पढेकाले बेच्छन् फार्मेसीबाट औषधी

SansherOnline SansherOnline
बिहिबार २८, बैशाख २०८० ०९:०१
डडेल्धुरामा कमर्स पढेकाले बेच्छन् फार्मेसीबाट औषधी

 

डडेल्धुरा : सामान्यतया हामीले बुझेको फार्मेसी पढेकाहरुले मेडिकल सञ्चालन गरेका हुन्छन्। उनीहरुले नै औषधी विक्रीबितरण गर्छन्। तर मान्नुहुन्छ डडेल्धुरामा कमर्स(लेखा) अध्ययन गरेका व्यक्तिले धमाधम औषधी बेचिरहेको भेटिएको छ।

मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अगुवाईमा जिल्ला स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, नेपाल प्रहरी र पत्रकारसहितको टोलीले अमरगढी नगरपालिका–५ तुफानडाँडा बजार क्षेत्रका मेडिकल र औषधी पसल अनुगमन गर्दा यस्तो भेटिएको हो।

जिल्ला सदरमुकाममा आधा दर्जन बढी मेडिकल र औषधी पसल छन् । कर कार्यालयमा दर्ता गरि फर्मको पान नम्बर एक जना फार्मेसीको नाममा छ तर फर्म दर्ता भएका व्यक्ति मेडिकल र औषधी पसलमा बस्दैनन्। यहाँका मेडिकल र औषधी पसल फार्मेसी विषय अध्ययन गरेका व्यक्तिहरु बिना नै सञ्चालनमा छन्।

मेडिकल अथवा औषधी पसल सिएमए, एएनएम, ल्याब बिषय अध्ययन गरेकाहरुले सञ्चालन गरिरहेका छन् भने विषय नै फरक भएकालाई पनि मेडिकल अथवा औषधी पसलमा कामदारका रुपमा राखिएका छ।

तुफानडाँडा र डडेल्धुरा अस्पताल लाईनका चार वटा मेडिकल, औषधी पसलमा अनुगमन गर्दा कुनै पनि मेडिकल र औषधी पसलमा फार्मेसी पढेका व्यक्ति नभेटिएको प्रशासकिय अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद ओझाले बताए। उनका अनुसार तुफानडाडाको ग्रेस मेडिकलमा कमर्स पढेका एक युवा भेटिएका थिए।

सृजना मेकिलमा एएनएम विषय अध्ययन गरेकी महिला थिइन्। निको फार्मेसीमा ल्याब पढेकी युवती, सुमन फार्मेसी र शिद्दान्त फार्मेसी निर्मल मेडिकलमा सिएमए अध्ययन गरेका व्यक्तिहरु भेटिएका थिए। एक जना फार्मेसी अध्ययन गरेकाको प्रमाण पत्र राखेर मेडिकल अथवा औषधी पसल दर्ता गरि अर्कै व्यक्ति वा लगानी कर्ताले मेडिकल, औषधी पसल सञ्चालन गरिरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओझाले बताए।

 फार्मेसी बिना मेडिकल अथवा औषधी पसल सञ्चाल गर्नु गैर कानूनी हो । उनले भपहिलो चरणमा सम्झाई बुझाई गरेको बताए।

गैर कानूनी रुपमा मेडिकल, औषधी पसल सञ्चालन गरी नागरिकहरुको स्वास्थ्यमाथि खेलवाड गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्टले बताए। स्वास्थ्य कानूनबारे स्थानीय जानकार नहुदा वर्षाैदेखि सञ्चालनमा आएका मेडिकलमा हाल पनि फार्मेसी पढेका नभएको उनले बताए।

प्रतिक्रिया