बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले आजदेखि भुक्तानी शिविर सञ्चालन गरेको छ । वडामै पुगेर योजनाहरुको भुक्तानी गर्ने उद्देश्यसहित शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाsf प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताए ।
आज वडा नं ६ बाट शिविरको शुरुवात गरिएको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिए । उपभोक्ताहरुलाई सहज होस भनेर वडामै शिविर सञ्चालन गरिएको उनले बताए ।
आगामी जेठ ४ गते सम्म १० ओटै वडाहरुमा पुगेर भुक्तानीको काम गरिने बताइएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाबाट सञ्चालन भएका योजनाहरुको भुक्तानीका लागि भुक्तानी शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाले जनाएको छ ।
अब बैशाख ३० गते वडा नं १० योजनाको भुक्तानी सोही वडा कार्यालयमा सम्पन्न भएका योजनाको भुक्तानी गरिने छ ।
जेठ १ गते वडा नं ४ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ । जेठ २ गते वडा नं ५ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ ।
जेठ ३ गते वडा नं ९ का योजनाको भुक्तानी सोही वडा कार्यालयबाट गरिने छ । जेठ ४ गते वडा नं २ का योजनाको भुक्तानी पुर्चाैडी नगरपालिकाको कार्यालयबाट भुक्तानी गरिने छ ।
उपभोक्ता समितिले भुक्तानीका लागि नगरपालिकाको कार्यालयमा आउँदा भौगोलिक कठिनाइ हुने र बैंकिङ प्रणालीमा समेत झन्झटिलो हुने भएकाले वडा तहबाटै भुक्तानको व्यवस्था मिलाइन लागिएको नगर प्रमुख दीपक बहादुर बमले बताए ।
पुर्चाैडी नगरपालिकामा वडाततहबाटै भुक्तानीको व्यवस्था गर्न लागेको बैतडीमै पहिलो पटक हो ।
प्रतिक्रिया