२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

स्ववियु सभापति भट्टद्धारा छात्रावास निमार्णको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

SansherOnline SansherOnline
बिहिबार २८, बैशाख २०८० ०४:०५
स्ववियु सभापति भट्टद्धारा छात्रावास निमार्णको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

 

बैतडी : स्वतन्त्र विद्यार्थी युनीयन (स्ववियु) पाटन बहुमुखी क्याम्पस बैतडीले सुदूरपश्चिमका मुख्य मन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ ।

स्ववियु सभापति भागरथी भट्ट नेतृत्वको विद्यार्थी टोलीले मुख्यमन्त्री शाहलाई भेटी कयाम्पसमा कार्यररत १९ जना शिक्षक कर्मचारी मध्ये १० जनाले मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट नियुक्ती पाएको र ९ जना शिक्षकहरुको पारिश्रमिक क्याम्पसको आन्तरिक श्रोतबाट बेहोर्नु पर्ने कुरालाई अवगत गराउँदै क्याम्पस सञ्चालन गर्न आवस्यक भौतिक  संरचनाको निमार्ण गर्न असहज भएको भन्दै भौतिक संरचना निमार्णका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गर्न माग गरेका छन् ।

त्यस्तै क्याम्पसमा करिब ८५ प्रतिशत अधिकांस छात्रा,विपन्न,दलित,गरिब र आर्थिक रुपले अवस्था कमजोर भएका विद्यार्थीहरुले कोठाभाडा गरि बस्न नसक्ने,टाढाटाढाबाट हिडेर अध्ययन गर्न आउनु पर्ने बाध्यतालाई अवगत गराउँदै उचित महिला छात्रावासको व्यवस्थापनको लागि पहल गरिदिन माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्य मन्त्री शाहले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटबाट क्याम्पसको समस्यालाई मध्यनजरगरि सक्दो बजेटको व्यवस्थापन गर्ने आस्वासन दिएका छन् ।

प्रतिक्रिया