२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा अस्पतालको अध्यक्षमा सिंह नियुक्त

SansherOnline SansherOnline
बिहिबार २८, बैशाख २०८० १२:३३
डडेल्धुरा अस्पतालको अध्यक्षमा सिंह नियुक्त

 

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मणबहादुर सिंह पुनः नियुक्त भएका छन् । अस्पताल प्रशासनका अनुसार सिंहलाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको कार्यकाल सकिएपछि मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र बिहीबार मात्रै अस्पतालमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

उनी यसअघि पनि एक कार्यकाल अस्पताल विकास समितिको अध्यक्ष थिए । डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल हो ।

प्रतिक्रिया