बैतडी : भतिजीलाई पटक पटक बलात्कार गरेका बैतडीका एक जना कारागार चलान भएका छन् । आफनै भतिजी नाता पर्ने १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ बर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालतको आदेशमा युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए । गएको पुस १५ मा घटना भएको थियो । पुस महिनामा घटना भएपनि पीडितको निवेदन पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो ।
प्रतिक्रिया