२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीकी चन्दद्वारा सचिवबाट सदस्यमा राख्न खोजेपछि राजिनामा

SansherOnline SansherOnline
बुधबार २७, बैशाख २०८० ०२:४३
बैतडीकी चन्दद्वारा सचिवबाट सदस्यमा राख्न खोजेपछि राजिनामा

 

बैतडी : राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सचिव बिष्णा चन्दले राजीनामा दिएकी छन् । आफूमाथि अपमान भएको भन्दै उनले पदबाट राजीनामा दिएकी हुन् ।

नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको सचिव बनेकी बैतडीकी चन्दले आफूलाई अहिले आएर सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताइन् ।

आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेकी छन्।

लामो समय देखि राष्ट्रिय युवा संघ नेपालमा रहेर कुशलतापूर्वक जिम्मेवारी वहन गरेपनि आफूलाई अपमान गरिएको उनले गुनासो गरिन।
उनले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन्।

प्रतिक्रिया