बैतडी : बैतडीमा कृषि अनुदानका लागि एक वाइन सेन्टर छनौट भएको छ । कृषि अनुदानका लागि कृषि ज्ञान केन्द्रले लाभग्राही छनौट गरेको सूचीमा नारायण वाइन सेन्टरको नाम पनि देखिएपछि सामाजिक सञ्जाल तातेको हो ।
मकै बाली प्रबद्र्धन कार्यक्रममा सिगास गाउँपालिका–९ स्थित न्यू नारायण वाइन सेन्टरको नाम पनि उल्लेख थियो । मकै बाली प्रबद्र्धन कार्यक्रममा वाईन सन्टरको नाममा अनुदान दिइएको पाइएपछि आश्चर्य मान्दै धेरैले आशंका समेत व्यक्त गरे ।
तर कृषि ज्ञान केन्द्र बैतडीले यसबारे प्रष्ट पारेको छ । कृषि फर्म दर्ता हुनुभन्दा पहिले नारायण वाईन सेन्टरको नाममाबाट प्यानमा दर्ता गरिएको रहेछ । त्यसपछि फर्मधनी नारायण बिष्टले कृषि फर्म समेत दर्ता गर्न खोजे । तर उनले यसअघि नै वाइन सेन्टरको नामबाट प्यान नम्बर लिएकाले सोही व्याक्तिले अर्को फर्मको नामबाट प्यान नम्बर लिन नपाउने प्रवाधान अनुरुप वाइन सेन्टरकै फर्ममा अतिरिक्त कारोबार गर्ने भन्दै राजमती कृषि तथा पशुपन्क्षि फर्म दर्ता गरेका थिए ।
सोही फर्मको आधारमा वाईन सेन्टरको नामबाट अनुदान पाएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रशार अधिकृत नरेन्द्र चन्दले बताए । यी अनसदान पाएका फर्महरु प्रक्रिया अनुसार नै छनौटमा पुगेको कृषि ज्ञान केन्द्रको दाबी छ ।
वाईन सेन्टरको नामबाट प्यान नं लिएपछि सोही प्यान नम्बरबाट मात्रै अर्को फर्म खोल्न भनेपछि आफुले सोही प्या नम्बरमा अतिरिक्त कारोबारमा कृषि फर्म दर्ता गरेको पनि मर्फधनी नारायण बिष्टले बताएका छन् ।
प्रतिक्रिया