२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

SansherOnline SansherOnline
सोमबार २५, बैशाख २०८० ०८:२३
भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

 

भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् । दर्जन बढीलाई जिवित्तै उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

छुट्टी मनाउन गएकाहरु बोकेको डुंगा दुर्घटना भएको र डुंगामा ४० जना भन्दा बढी रहेको जनाइएको छ । आइतबार रातभर खोजतलास तथा उद्धार कार्य जारी राखिएको थियो । अहिले पनि खोजतलास जारी रहेकाले क्षतिको यकिन विवरण आइनसकेको केरला सरकारले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 

प्रतिक्रिया