दार्चुला : दार्चुलामा सडकमा रोकिएको ट्याक्टर आफै गुडेर भीरमा खसेको छ ।
जिल्लाको दुहु गाउँपालिका–३ राता खलंगाबाट वालुवा लिएर दल्लुतर्फ गइरहेको सुपप्र०१००२ त ४९४२ नम्बरको ट्याक्टर आइतबार दिउँसोमा भीरमा खसेको प्रहरीले जनाएको छ ।
चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २८ वर्षीय राजकुमार राना ट्याक्टरलाई सडकमा रोकेर पिसाब फेर्न गएका थिए । सोही बेला ट्याक्टर आफै गुडेर करीब एक सय मिटर तल भीरमा खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्याक्टरमा चालक बाहेक अरु नभएका कारण मानवीय क्षति भएको छैन ।
प्रतिक्रिया