बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरि प्रशाद भुजेल आउने भएका छन् । संघीय मामिला समान्य तथा प्रशासन मन्त्रालयले उपसचिव भुजेललाई दशरथचन्द नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
यसअघि प्रमुखको रुपमा बिक्रम चन्द थिए अधिकृत चन्दको बिदाई भयपछि दशरथचन्द हाकिम विहिन थियो
यसैगरी बैतडीको पाटन नगरपालिकामा पनि अर्जुन शर्मा आउने भएका छन् । उपसचिव स्तरका शर्मा पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने मन्त्रालयले जनाएको छ ।
प्रमुखको रुपमा उपसचिव स्तरकै ओमप्रकाश पाण्डेय आएका थिए । उनी १ महिना नपुग्दै सरुवा भएका थिए ।
प्रतिक्रिया