२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

पाटनले पायन उपसचिव,दशरथचन्द पनि हामिक विहिन

SansherOnline SansherOnline
आइतबार २४, बैशाख २०८० ०७:११
पाटनले पायन उपसचिव,दशरथचन्द पनि हामिक विहिन

बैतडी : बैतडीका स्थानीय तहमा ‘हाकिम’नहुँदा कामकाज गर्न समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको कामकाज प्रभावित भएका हुन ।भने सेवाग्राहीहरु सास्ती भोग्न बाध्य बनेका छ । आर्थिक वर्षको अन्तिमतिर पालिका हाकिम विहिन हुँदा समस्या भएको हो 

अधिकृत नहुँदा विभिन्न कामका लागि नगरपालिका आउने सेवाग्राहीहरु रित्तो हात घर फर्किने गरेका छन् भने कार्यालयको आर्थिक तथा प्रशासनिक कामकाज ठप्प छ । 

पाटन नगरपालिकामा हाकिम नहुँदा कामकाज ठप्प भएका छन् । हाकिम अभावमा नगरपालिकाका आर्थिक कारोबार ठप्प भएका हुन् । आर्थिक वर्षको अन्तिमतिर पालिका हाकिम विहिन हुँदा समस्या भएको नगर उपप्रमुख कमल बोहराले बताउनुभयो।

चैत्र ३० गते सरुवा भएका निर्वतमान प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश पाण्डेयको पाटनबाट एक महिना नपुग्दै सरुवा भएदेखि पाटन हाकिम विहिन छ ।  हाकिम अभावमा आर्थिक कामकाज ठप्प भएपछि  पाटन नगरपालिकाका नगरप्रमुख हाकिमको खोजिमा काडमाण्डौँ गएका छन् । उनि हाकिमको खोजिमा काठमाण्डौ गएका नगर उप प्रमुख  बोहराले बताउनुभयो। 

जिल्लाको दशरथचन्द नगरपालिकामा पनि हामिक विहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत बिक्रम चन्दको  सम्मान सहित बिदाई  भयपछि दशरथचन्द हाकिम विहिन हो । 

हाकिम अभावले कर्मचारीले तलब पाएका छैनन् भने योजानहरुको भुक्तानी रोकिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा अहिले आर्थिक कारोवारका साथै अन्य कामका रोकिएका हुन् । 

प्रतिक्रिया