२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडीको संयोजकमा भट्ट

SansherOnline SansherOnline
शनिबार २३, बैशाख २०८० ०६:५०
अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडीको संयोजकमा भट्ट

बैतडी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडीको  संयोजकमा द्रोपती भट्ट चयन हुनुभएको छ । संगठनको पाटनमा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले भट्टको संयोजकत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।   

कमिटिको सहसंयोजकमा जानकी बोहरा, सचिवमा गंगा जोशी लगायत अन्य सदस्यहरु रहेका छन् । प्रत्येक पालिकाका कमिटिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारी बैतडी इन्चार्ज स्वेता भट्टले बताइन् । 

जिल्ला इन्चार्ज स्वेता भट्टको अध्यक्षतामा सम्पन्न भएको भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज रेणु चन्द प्रमुख अतिथी रहुनुभएको थियो  

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, प्रदेश कमिटि सदस्य कमलसिंह बोहरा लगायतको सहभागिता थियो । 

प्रतिक्रिया