२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बझाङको साइपालमा छोरी जन्माउनेलाइ पुरस्कार

SansherOnline SansherOnline
शनिबार २३, बैशाख २०८० १२:०५
बझाङको साइपालमा छोरी जन्माउनेलाइ पुरस्कार

 

 बझाङ :  बझाङको साइपाल गाउपालिकाले छोरी जन्माउने आमालाई पुरस्कारसहित सम्मान गरीएको छ। 

निर्वाचित भैसकेपछि छोरा र छोरीमा हुने विभिेद अन्त्य गर्न २०७९ र८० को बजेटबाट रकम छुट्रयाएर उक्त कार्य अगाढी बढाइएको हो। साइपाल गाउपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताए। सुत्केरी खर्च स्वरूप प्रत्यक महिलालाइ खादासहित २  हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताए। 

आज वडा नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार बितरण गरीएको छ। हिजो वडा नमबर ४ मा ४ जना महिला र वडा नमबर ५ कि १ महिलाइ पुरस्कारसहित सम्मान गरीएको थियो। शनिवार वडा नमबर १ र २ मा सम्मान कार्यक्रम रहेको र यसका लागि तथ्याङक सँकलन भैरहेको उनले बताए। 

बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप पालिकाले रकम प्रदान गर्न सुरु गरेको हो। छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७९ र८०  का लागि नयाँ कार्यक्रम ल्याइएको उपाध्यक्ष तामाङले  बताए।

प्रतिक्रिया