बैतडी : बैतडीको सुर्नयामा गौरा घर निर्माणका लागि जग्गा दान गरिएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–२ डुङ्गरीमा स्थानीयले गौरा घर निर्माणका लागि जग्गा दान गरेका हुन्। गौरा घर अभावमा समस्या भैरहेकाबेला निर्माणका लागि स्थानीयहरुले जग्गादान गरेको बताएका छन्।
डुङ्गरी गाउँका स्थानीयवासी दान बहादुर ऐरी र वीर बहादुर ऐरीले गौरा घरको लागि जग्गा दान गरेको स्थानीय एवं काँग्रेसका युवा नेता चन्द्र सिंह ऐरीले जानकारी दिए। जग्गादान गर्ने दानबहादुर ऐरी वडा नम्बर–२ का निर्वाचित वडा सदस्य हुन्। समाजिक कार्यका लागि अग्रसर भएर निशुल्क जग्गा दान गर्ने जग्गा दाताहरुलाइ काँग्रेसका युवा नेता ऐरीले धन्यवाद व्यक्त गरेका छन्।
गौरा घर निर्माण कार्य शुभारम्भ भएको छ। गाउँका मुखिया तथा वडा सदस्य दान बहादुर ऐरीले शुक्रवार एक कार्यक्रमका बिच गौरा घरको शिलान्यास गरेका हुन्। सुदूरपश्चिम प्रदेशको बजेटबाट गौरा घर निर्माण भैरहेको बताइएको छ। गौरा पर्वमा घर अभावले समस्या भैरहेकाले निर्माणपछि पर्वमा स्थानीयहरुलाई सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया