२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरातले राजस्थानलाई ९ विकेटले हरायो

SansherOnline SansherOnline
शनिबार २३, बैशाख २०८० ०६:५०
आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरातले राजस्थानलाई ९ विकेटले हरायो

 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको छ ।

गएराति जयपुरमा भएको खेलमा राजस्थानले दिएको १ सय १९ रनको सामान्य लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका रिद्धीमान शाहले अविजित ४१ तथा हार्दिक पान्डेयले ३९ रन बनाए । शुभमन गिल ३६ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चाहारले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ३० रन तथा ट्रेन्ट बोल्टले १५, यशस्वी जैशवालले १४ र देवदत्त पडिक्कलले १२ रन बनाए । अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका रसिद खानले ३ तथा नूर अहमदले २ विकेट लिए । त्यस्तै मोहम्मद शामी, हार्दिक पान्डेय र जोस लिटिलले समान एक/एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा रहेको गुजरातको १० खेलमा १४ अंक भएको छ । समान खेलमा राजस्थान १० अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया