२०८१ जेठ ०६ गते आइतबार
ट्रेन्डिङ

एमाले प्रवेस गरेका ९ जना नेता कार्यकर्ता पुन माओबादी केन्द्रमा फर्किए

SansherOnline SansherOnline
मङ्गलबार २०, पुष २०७८ ०४:१४
एमाले प्रवेस गरेका ९ जना नेता कार्यकर्ता पुन माओबादी केन्द्रमा फर्किए

बैतडी।आइतबार नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा पार्टी प्रवेस कार्यक्रममा माओवादी र काँग्रेसका केही स्थानीय नेता कार्यकर्ता एमाले प्रवेस गरे । एमाले प्रवेस गरेका केही माओवादी नेता कार्यकर्ता पुन माओवादीमा फर्किएका छन । उनीहरुले एमाले नेता कार्यकर्ताले झुक्याएर आफुहरुलाई कार्यक्रममा लगेको बताएका छन । एक छिन काम छ, भन्दै घरमा जिपकार दिएर नेताहरु लगेको बताएका छन । 

एमाले प्रवेस गरेका ९ जना नेता कार्यकर्ताले आफुहरुलाई स्थानीय एमालेका नेताहरुले लेखराज भट्ट पनि माओवादीमा फर्किसकेकाले एकै छिन कार्यक्रममा सहभागि हुन भन्दै सिधै नाम नै नपुकारेले टिका लगाएर समाजिक सञ्जाल एव केही एमाले निकट पार्टीगत पत्रकारलाई प्रयोग गरेर टिका लगाईदिएको आरोप लगाएका छन । ओम बहादुर दमाई, जय ब। धानुक, राधिका चालिसे, कमला लुहार, दामोदर दमाई, अम्बादत्त जोशी, गणेश कार्की, जय ब। कार्की, मदन राज जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस नोटमा आफुहरुको इच्छा विपरित गरेको कामको भत्र्सना गरिएको छ ।

प्रतिक्रिया