२०८२ बैशाख ०६ गते शनिबार
ट्रेन्डिङ

सिगासमा बहुद्देश्यीय खेल मैदान, निर्माण कार्य सुरु

SansherOnline SansherOnline
बिहिबार २१, बैशाख २०८० ०५:३५
सिगासमा बहुद्देश्यीय खेल मैदान, निर्माण कार्य सुरु

बैतडी : पछिल्लो समय खेलमैदान निर्माणमा स्थानीय सरकार सक्रिय हुन थालेका छन् । स्थानीय तहमा खेलकुदको विकास गर्न उनीहरू अग्रसर देखिएका हुन् ।

बैतडीको सिगास गाउँपालिकाले चालु आर्थिक बर्षमा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित ओखलसैनमा पालिकास्तरीय खेल मैदान निर्माण कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

गाउँपालिकामा खेल मैदान नहुँदा खेलकुदका गतिविधि अगाडि बढाउन समस्या भएकाले पालिकाले खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेको अध्यक्ष धामीले बताए । खेल मैदान निर्माणका लागि चालु आर्थिक बर्षमा ६१ लाख बजेट विनियोजन गरिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराले बताए ।

१५० मिटर लम्बाइ र १२० मिटर चौडाइ भएको खेल मैदान निर्माण सुरु भइरहेको इन्जिनियर कृष्ण बहादुर चलाउनेले बताए । 

पालिकामा भलिबल, क्रिकेट लगायतका खेलकुदका गतिविधि अगाडि बढाउनका लागि मैदानको अभाव रहेकाले खेल मैदान निर्माणपछि सहज हुने सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।  

 

प्रतिक्रिया