२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुराको किर्तिपुरमा २ गाडीका ब्रेक फेल, जाम लाग्यो

SansherOnline SansherOnline
बिहिबार २१, बैशाख २०८० १०:११
डडेल्धुराको किर्तिपुरमा २ गाडीका ब्रेक फेल, जाम लाग्यो

 

डडेल्धुरा: डडेल्धुराको किर्तिपुरमा एकपछि अर्को गर्दै २ ओटा गाडीका ब्रेक फेल भएका छन्। आज(बिहिवार) सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर डिलतिरको पिल्लरमा ठोक्किएको थियो।

आजै बिहान सोही स्थानमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको ट्याक्टरको समेत ब्रेक फेल भएको स्थानीय आकाश गुरुङले बताएका छन्। दुवै सवारी साधनले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जाम लागेको छ।

सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया