२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सतबाँझ –श्रीभावर सडकखण्ड कालोपत्रे र स्तरोन्नतीका लागि ठेक्का आह्वान

SansherOnline SansherOnline
बिहिबार २१, बैशाख २०८० ०८:१६
सतबाँझ –श्रीभावर सडकखण्ड कालोपत्रे र स्तरोन्नतीका लागि ठेक्का आह्वान

बैतडी : प्रदेश गौरवको आयोजना अन्तरगत रहेको बैतडीको सतभाझ–श्रीभावर सडकखण्डको स्तरोन्नती र कालोपत्रेको लागि ठेक्का आह्वान गरिएको छ ।

सतबाँझ –श्रीभावर सडक अन्तर्गत थप १४ किलोमिटर कालोपत्रे हुने भएको छ । सतबाँझ श्रीभावर सडकखण्डको सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा रहेको र त्यो भन्दा अगाडि १४ किलोमिटर कालोपत्रे गर्न ठेक्का आह्वान भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए । 

थप १४ किलोमिटर कालोपत्रे गर्नका लागि भ्याट बाहेक ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको सूचना अधिकारी जोशीले बताए । तीन बर्षभित्र १४ किलोमिटर सडक कालापत्रे गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरिएको हो । 

कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नतीका लागि पनि ठेक्का आह्वान भएको छ । २० किलोमिटर अन्तर्गत सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यसका लागि १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ । 

अहिले श्रीभावरदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको छ ।

 

 

प्रतिक्रिया