२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज दिनभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने

SansherOnline SansherOnline
बिहिबार २१, बैशाख २०८० ०७:०३
आज दिनभर बदली र वर्षा हुने, भोलिबाट मौसम खुल्ने

 

कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ ।  

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

भोलिबाट भने मौसम केही खुल्दै जाने मौसमविद् लामिछानेले जानकारी दिए । “तुलानात्मक रूपमा भोलिबाट मौसम केही खुल्दै जाने देखिन्छ । तर, अपराह्नपछि भने पहाडी भेगमा वर्षा हुने सम्भावना छँदैछ,” उनले भने, “बिहान र दिउँसो भने भोलिबाट वर्षा हुने सम्भावना कम छ ।”

प्रतिक्रिया