२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पाटन–९ को वडा कार्यालयमा तोडफोडको प्रयास

SansherOnline SansherOnline
बुधबार २०, बैशाख २०८० ०४:३९
पाटन–९ को वडा कार्यालयमा तोडफोडको प्रयास

बैतडी : बैतडीमा एक वडा कार्यालय तोडफोडको प्रयास भएको छ । बैतडीको पाटन नगरपालिका वडा नं ९  टकरेमा मङ्गलबार राति अज्ञात समुहले वडा अध्यक्षको कार्यकक्षको ताला तोड्ने प्रयास गर्नुका साथै कार्यलय हाताभित्र रहेको नेपाली झन्डा राख्रे पाईप तोडिएको छ । 

वडा सचिब राम दत्त जोशीका अनुसार घटना रहस्यमय रहेको छ । घटना बारे वडाले प्रहरीलाई खबर गरेको वडा अध्यक्ष कालु सिह भाटले जानकारी दिए
घटनाबारे अनुसन्धान भइरहेको खोडपे प्रहरी चौकीले जनाएको छ । 
 

प्रतिक्रिया