२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

गहुँ भित्र्याउने बेला वर्षा, कृषिविज्ञ भन्छन् अब मकै लगाउनुस्

SansherOnline SansherOnline
बुधबार २०, बैशाख २०८० ०१:२८
गहुँ भित्र्याउने बेला वर्षा, कृषिविज्ञ भन्छन् अब मकै लगाउनुस्

बैतडी : सामान्यतया गहुँ काट्ने बेलामा चैत वैशाखको उखरमाउलो गर्मी झेल्नुपर्छ । हपहपी पोल्ने चर्को गर्मीमा पानी पिउँदै किसान गहुँ काट्ने र भित्र्याउने गर्छन । तर यसपटक त्यस्तो छैन । 

केही ठाउँमा हावाहुरी चट्याङसहित पानी परिरहेको छ । धेरै किसान गहुँ काटेर भित्र्याउन लागिरहेका छन् ।  पानीले गहुँ भित्र्याउन समस्या पारिरहेको छ । पानीले गहुँ बाली भित्र्याउन केही ‘डिस्टर्ब’ गरे पनि यसले राम्रो फाइदा पनि हुन सक्ने कृषि विज्ञको सुझाव छ । 

यस्तो बेलामा छिटो फल्ने मकै लगाउन सकिन्छ । कृषि ज्ञान केन्द्र बैतडीका नि.कार्यालय प्रमुख घनश्या चौधरीले गहुँ काटेपछि केही समय खाली हुने जमीनमा मकै लगाउन सकिने बताउनुहुन्छ ।

‘अहिले धेरै जसो ठाउँमा जग्गा खाली हुदैछ । कही भइसकेको छ । मकै लगाउने बेला बाँकी नै छ । तर पानी परिरहेकाले चिस्यान भएको माटोमा मकै लगाउन सकिन्छ । यसले एकातिर केही समयमै बाली फलाउन सकिन्छ भने धानखेतीका लागि मलको काम पनि गर्छ ।’ उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया