राष्ट्रिय स्वतन्त्र पार्टीले एसिया कप क्रिकेटको समूह चरणका खेल नेपालमा खेलाउने पहल गर्न माग गरेको छ । रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदा यो एजेण्डा सामेल गर्नुपर्ने मागसहित प्रेस विज्ञप्ति निकालेको छ ।
टीयू क्रिकेट मैदानमा मंगलबार नेपालले एसीसी प्रिमियर कपमा यूएईलाई पराजित गर्दै एसिया कपमा प्रवेश गर्यो । त्यसलगत्तै रास्वपाले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रेस विज्ञप्ति निकाल्यो । सोही विज्ञप्तिमा रास्वपाले एसिया कपअन्तर्गतका समूह चरणका खेल नेपालमा खेलाउन माग पनि गर्यो ।
प्रतिक्रिया