२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा हिमपहिरो परेर एक महिला बेपत्ता

SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० ०५:३३
बझाङमा हिमपहिरो परेर एक महिला बेपत्ता

 

बझाङ : बझाङमा हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकी छन् । सुर्मा गाउँपालिका वडा नं १ देवडीकी ३३ बर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् । यार्सा संकलनका लागि पार्थी हिमाल पुगेकी उनी आफ्नै छोराहरुसंग फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । 

लगातारको बर्षाले हिमालमा बढी हिमपात भएपछि उनी घरतिर फर्कने बेला मंगलबार बिहान हिमपहिरोमा परेको खबर आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । 

बोहरा हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएपछि प्रहरीचौकी दौलीचोरबाट प्रहरी घटनास्थलतर्फ गएको छ । सो ठाउँमा प्रहरीलाई पुग्न ९÷१० घण्टा लाग्ने बताइएको छ । प्रहरी पुगेपछि मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

प्रतिक्रिया