२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रपतिले पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने

SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० ०१:४७
राष्ट्रपतिले पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने

 

काठमाण्डौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ व्यहोर्ने भएका छन् । उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ व्यहोर्ने भएका हुन् । 

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्न  चाहेको बताएका छन् । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयमले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ व्यहोर्न आग्रह गरेका थिए । 

राष्ट्रपति भारतमा स्वास्थ्योपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया